गृह मन्त्रालयले तीनकुनेमा राजावादी आन्दोलनकारीहरुको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्युु भएको जनाएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
अस्पताल आइपुग्दा नै उनको ज्यान गइसकेको शिक्षण अस्पतालका डा. सुवास आचार्यले बताए। डा. आचार्यका अनुसार उनको छातीमा गोली लागेको थियो।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको डा.गोपाल चौधरीले जानकारी दिए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1