सोलुखुम्बु जिल्ला अस्पतालका चिकित्सकमाथि पनि गालीगलोज र दुर्व्यवहार भएको छ। पछिल्लो केही दिनयता देशका विभिन्न स्थानमा रहेका विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गइरहेका छन्।

सोमबार दिउसो साढे ४ बजे सोलुखुम्बु अस्पतालमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त निर्देशक डा.प्रशान्त शाहद्वारा जारी विज्ञप्ति गदै दोषीमाथि कारबाहीको माग गरेका छन् भने दोषीलाई कारबाही नगरेसम्म अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0