नेपाल औषधि उत्पादक संघ (एपोन) ले फर्मा कन्क्लेभ–२०२३ को आयोजना गर्ने भएको छ। आगामी असोज २५ गते काठमाडौमा फर्मा कन्क्लेभ–२०२३ नामक औषधि सम्वन्धी बृहत सम्मेलनको आयोजना गर्न लागिएको हो।
सम्मेलनको मुख्य उदेश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली औषधि उद्योगको विकासको लागि समयानुसार कस्ता औषधि नीतिहरु बनाउन सकियो भने औषधि बजारलाई सुधार र स्तरोन्नती गर्न सकिन्छ, विश्व बजारको माग अनुसार औषधि उद्योगहरुले कस्ता उत्पादनमा जोड दिने रु नेपालको औषधि उत्पादनको सुरक्षा र प्रभावकारिता कसरी कायम राख्ने भन्ने विषयमा सम्मेलन केन्द्रीत रहनेछ ।’फर्मा कन्क्लेभका सम्वन्धमा एपोनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सम्मेलनमा औषधि उत्पादन तथा बजारीकरण सम्वन्धी नीतिहरुका विषयमा सरकारका प्रतिनिधि तथा नेपाल भारत, बंगलादेश लगायतका देशहरुका विज्ञहरुको समेत प्रस्तुति रहने बताइएको छ।