पूर्वराष्ट्रपति डा रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएको छन ।

उनले रोगबाट बच्न स्वस्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भन्ने, “रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वस्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ्य जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।”

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भन्ने, “गलत खाना नै रोगको कारक हो । स्वस्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।”

त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्यर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0