त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा। सन्तकुमार दास नियुक्त भएका छन् ।बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक नियुुत गर्ने निर्णय गरेको हो ।
डा दास छाती रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक समेत भएका थिए ।कार्यकारी परिषद् समक्ष डा दाससँगै डा खेमबहादुर कार्की र डा पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1