नेपालगन्ज । नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अखिल नेपाल स्वतन्त्री विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल निर्वाचित भएको छ ।
मंगलवार राति सम्पन्न मतगणनामा २३४ मत पाएर अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी हुन्।
यसैगरी, सचिवमा ईसा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन्।
सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का निर्वाचित भएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1