सर्वोच्च अदालतले सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई सचिव बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारणदेखाउ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाइपछि सरकारका नाममा कारणदेखाउ आदेश जारी गरेको हो।

फागुन ११ गते स्वास्थ्य सचिव डा.रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि फागुन २१ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थिय ।

तर, स्वास्थ्य सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले मन्त्रिपरिषद् बैठकको सचिव बढुवा गर्ने निर्णयमाथि प्रश्न उठाउँदै चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको आरोप उनले लगाएकी छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0