दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेको हो ।
कोहोलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा लामो समय काम गरेकी न्युरो सर्जरी डा. उपमा डा शर्माले प्रतिष्ठानमा सेवा दिन थालेकी हुन्।
प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
भौतिक पुर्वाधारदेखि सेवा विस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1