काठमाडौं । दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

उक्त रकम डा. कोइरालाले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम घिमिरेको निवासमा पुगेर हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै डाकोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिदै नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताए ।घिमिरेले एसईई पछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0