काठमाडौं । आज विश्व मुटु दिवस । मुटु बारे जानौ र मुटु बचाऔं भन्ने नाराका साथ विश्वभरी मनाइदै छ। मुटु सम्बन्धी रोगबाट बच्न स्वस्थ जीवन शैली अपनाउँन चिकित्सकहरुले बताएका छन् । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिलका अनुसार हामीले मुटु रोगको समस्या आउँनै नदिन हामीले आफ्नो जिवनशैलीमा ध्यान दिनुपर्छ । उनले भने,’हामीले समय समयमा रक्तचाप परीक्षण गर्ने, खानपानमा ध्यान दिने व्यायम गर्ने गरेमा केही हदसम्म मुटु रोगको जटिल समस्याबाट बच्न सकिन्छ ।’
मुटुलाई यसरी जोगाउँन सकिन्छ
-दैनिक ३० मिनेट हिँड्ने, व्यायाम गर्ने, योग गर्ने

-चुरोट, सुर्ती, गुट्खा, खैनी र मदिरा नखाने

-हरियो तरकारी र फलफूल प्रशस्त खाने । नुन, चिनी, चिल्लो कम खाने

-बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधी गराउने

-तनाव नलिने र कसैसँग नरिसाउने

-उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगलाई पालेर नराख्ने, तुरुन्त उपचार गर्ने

-वर्षको १ पल्ट नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने

-स्वस्थ खानेकुरा खाने

-शारीरिक व्यायाम गरौँ
-दैनिक ६ देखि ८ घण्टा सुत्ने

-शरीरको तौल नियन्त्रणमा राख्ने

-धूम्रपान र मद्यपान छोड्ने

-आफ्नो कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0