काठमाडौं । बसुरन्धरास्थित नेशनल कार्डियाक सेन्टरले स्वास्थ्य पत्रकारहरुको मुटु परीक्षण गरेको छ । विश्व मुटु दिवसको अवसरमा सेन्टरले आज पत्रकारहरुको निशुल्क रुपमा मुटु परीक्षण गरिदिएको हो । स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा सेन्टरले ३५ जना पत्रकारको निशुुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
मुटु परीक्षणका लागि सेन्टरले व्लड प्रेसर, सुगर, इको, इसीजी र प्याथोलोजी तर्फका सबै परीक्षण सहितको प्याकेज तयार गरेको थियो ।
सेन्टरका प्रमुख समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क परीक्षण कार्य गरेको बताए ।
उनले मुटुरोग नियन्त्रण गर्न सकिने रोग भएको भन्दै यसमा हेलचेक्राई गर्दा बार्षिक २ करोड बढी व्यक्तिले ज्यान गुमाउने गरेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले नेशनल कार्डियाक सेन्टरले पत्रकारहरुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएर विशेष परीक्षणको व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे ।