काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको विषयलाई लिएर चिकित्समाथि आक्रमण गर्नु दुःखद भएको बताएको छ। नेपाल मेडिकल काउन्सिलले बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटना प्रति गम्भिर रुपमा ध्यान आकर्षण भएको समेत जनाएको छ। काउन्सिलले उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि नै आक्रमण गर्नु दुःखद भएको जनाएको छ।
ुउपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपील गर्दछु मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।