काठमाडौं । बरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । (आज) शुक्रबार डा.ओमले राजधानीमा एक कार्यक्रम गरेर आमा राजकुमारी देवी सिंहको हातबाट पुस्तकको लोकापर्ण गरेका हुन् ।

डा.जगदिश अग्रवालले शुभकामना दिदैं डा.ओमले ‘जीवन्त सम्बन्ध’मा पुराना मान्यता,पितासँगको सम्बन्ध, गिताका कुरा सबै एकदमै राम्रोसँग समेटेर लेख्नु भएको बताए ।
‘जीवन्त सम्बन्ध’मा गिता ध्यान, आफ्ना पितासँगको सम्बन्ध, हाम्रो भान्सा कस्तो छ ? लगायतका विषय समेटिएको बताइएको छ । यो पुस्तक शुरक्षा पब्लिकेशनले बजारमा ल्याएको हो । यो पुस्तक भाट्भटेनीका सबै मार्केटमा पाईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0