काठमाडौं । क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल भएको छ। अभ्यासका क्रममा घाइते भएपछि उनको बिहीबार (बिएन्डबी) अस्पतालमा शल्यक्रिया गरिएको हो। चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्। टिमका अफिसियल डाक्टर अभिशेकराज सिंहले शल्यक्रिया सफल भएको जानकारी दिए।
टिमका अफिसियल डा.सिंहको भनाई यस्तो छ
ललितको उनी ३ गते बेलुका क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएर बिएन्डबी अस्पताल भर्ना गरिएको थियो । उनको (हिजो) बिहिबार शल्यक्रिया गरिएको हो । अहिले उनलाई अस्पतालको वार्डमा सारिएको छ । उनको अवस्था सामान्य छ । हामीले टाईटेनियमको प्लेट लगाएको छौं । उनको भित्रि टिउहरु लगाएको छ । यो लगाएको ६ देखि ८ हप्तासम्म समय लाग्छ । हामीले उनको ४ हप्तामा एक पटक हेछौं । उनको लगाएकोले कस्तो काम गरेको छ त्यो हेछौं ।

उनको स्टेन पावर कस्तो आएको छ त्यो हेछौं । हामीले सोचे जस्तो राम्रो भएमा ट्विान्टी–ट्वान्टी विश्वकप छनोटअघि नै मैदान फर्काउने तयारी गरेका छौं । हामीले एक हप्तापछि रिकभरी रिहाबेटेन थेरापी गराउँछौं । त्यसको लागि पनि तयारी गरेका छौं । अब हामीले चार हप्तामा हेछौं ।
उनी ३ गते बेलुका क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएर अस्पताल भर्ना गरिएको थियो । उनको (हिजो) बिहिबार शल्यक्रिया गरिएको हो । हाम्रो तर्फबाट उपचारमा कमी राखेका छैनौं । ललितको शरिरले कस्तो लिन्छ । सबैको रोग प्रतिरोधात्मक क्षमता एउटंै हुदैन् । उसको शरिरले कस्तो लिन्छ । सबैमा भर पर्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0