नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ केही समयदेखि कोरियामै रोकिएका छन्।

प्रेस्किप्सन बिनाको औषधि भेटिएपछि दीपशिखालाई कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन्। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूतले मगाएको औषधी बोकेका दीपशिखालाई कोरियाली अध्यागमनले अनुसन्धान गरेको हो। अधिकारीहरुले प्रेस्किप्सन बिनाको औषधि लैजान नमिल्ने भन्दै दीपशिखालाई कोरियामै रोकेर राखेका छन्।

मंगलबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रेस नोटमा भनिएको छ, ‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0