धनकुटा । धनकुटामा आजदेखि १२ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ । ‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो ।
शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिले जनाएको छ । शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता थिए ।
छैटौँ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पत्थरी, मुत्रनलीमा भएको पत्थरी, दन्त सेवा, आङ्ग खसेका महिलाको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाइराइडलगायत उपचार गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1