काठमाडौं । महिला स्वास्थ्य डट.कम.को आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार १२असोज बाट सुरु हुने भएको छ ।

‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ । प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेताले उपाधि सहित ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

उनीहरुले नगदको साथमा ट्रफी, मेटल र प्रमाणपत्र पाउनेछन् । फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा एन्जिल फर्टिलिटी क्लिनिक छ भने एनएमबी बैंकले प्रायोजक रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा,राष्ट्रिय वाणिज्य बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको छ ।

कार्यक्रमलाई नेपाल टेलिकम,नेपाल आयल निगम , खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,फार्म टु टेबलल ,ले सपोर्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0