पाल्हीनन्दन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुुद्धचोकमा रहेको पृथ्वीचन्द्र अस्पतालमा भोलिदेखि पाठेघरको निः शुल्क शल्यक्रिया हुुने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीको अध्यक्षतामा इन्द्रेणी सामाजिक विकास मञ्च र युुनाइटेड मिशन टु नेपाल (युएमएन)को साझेदारीमा सञ्चालित एकीकृत ग्रामीण समुुदाय स्वास्थ्य परियोजनाअन्तर्गत निःशल्यक्रियाको व्यवस्था मिलाइएको हो ।

पाल्हीनन्दन गाउँपालिकाका महिलामा आङ खस्ने रोग ठूलो समस्याका रुपमा देखिएकाले निःशुुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा किरण पाण्डेले बताए । उनका अनुसार पाठेघरको क्यान्सर परीक्षणसमेत गरिने छ । शल्यक्रियाका लागि इन्द्रेणी सामाजिक विकास मञ्च र पृथ्वीचन्द्र अस्पतालबीच आजै सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0