थापाथलीस्थित पराेपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको छ।
अस्पतालको कम्पाउन्डबाट बच्चा चोरेको आरोपमा प्रहरीले दैलेखकी मनकुमारी सिंहलाई पक्राउ गरेको छ ।
आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1