चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ ।आज विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भाद्र १४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको बताइएको छ ।
न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
प्रवेश परीक्षा दिएका तर कक्षा १२ पास नगरेकालाई पनि योग्यताक्रममा समावेश गरिएको छैन । ७ हजार ८४७ विद्यार्थी योग्यताक्रममा सूचीमा पर्न सफल भएका छन् । नेपालमा एमबीबीएस अध्ययन गर्ने सिट करिब २ हजार रहेका छन्।
शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।
हेर्नुहोस् नतिजा :