पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ । हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर ७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको विश्वास छ ।

पश्चिम नेपालमै मेडिकल शिक्षा र स्वास्थ्य सेवामा नेतृत्व गर्दै आइरहेको खुमा अर्याल नेतृत्वको समूहले पोखरामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर चलाइरहेको छ । गण्डकी मेडिकल कलेजको रिठ्ठेपानीमा बिस्तार हुन लागेको पूर्वाधारको अध्यक्ष खुमा अर्यालले बिहीबार शिलान्यास गरेका छन् ।

१२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो ।

अहिले भइरहेको कलेजलाई सिटी अस्पतालको रुपमा सञ्चालन गरेर विशिष्टीकृत र थप सेवा थप्दै रिठ्ठेपानीमा अस्पताल निर्माण गर्ने गरी भवन शिलान्यास गरिएको हो । गण्डकी प्रदेश क्षेत्रकै स्वास्थ्य सेवालाई व्यवस्थित र सुलभ बनाउनका लागि रिठ्ठेपानीमा शैक्षिक भवन र अस्पतालको शिलान्यास गरिएको अध्यक्ष अर्यालले बताए ।

२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेजले स्वास्थ्य सेवासँगै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने काम पनि गर्दै आइरहेको छ । गण्डकी मेडिकल कलेजबाट स्नातक (एमबिबिएस) बिडिएसतर्फ ६ सय ५९ र नर्सिङ तथा एलाइड साइसेन्सेजतर्फ २ सय २१ ज्ना, स्नातकोत्तरमा एमडीरएमएस तथा एमपिएचतर्फ गरी ५० जना जनशक्ति उत्पादन भइसकेका छन् ।

अहिले कलेजमा मेडिकल शिक्षासँगै ब्लड बैंक, अत्याधुनिक एमआरआई, सिटी स्क्यान, क्याथल्याबसहितको ह्दयरोग केन्द्रमार्फत विरामीको उपचार भइरहेको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा मुटुसँग सम्बन्धित क्याथल्याब सेवा सुरु भएपछि विरामी काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालमा अत्याधिक चापका कारण २४ सै घन्टा सेवा पनि प्रदान गरिएको डायलाइसिस सेवालाई पनि व्यवस्थित गरिने बताइएको छ ।

गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0