काठमाडौं । अहिले तिब्र रुपमा बर्षातको मौसम छ। नेपालका धेरै महिलाहरू आफ्ना भित्री वस्त्रहरू बाथरूममा सुकाउँछन्। त्यस्ता भित्री वस्त्र चिसो छ कि छैन भनेर छामेर प्रयोगमा ल्याउँछन्। तर यसरी घाममा नसुकाइएको कपडामा ढुसी रहन्छ। त्यसमा फंगस किटाणु उत्पन्न भएको हुन्छ। फंगसका किटाणु आँखाले देख्न सकिँदैन जसबाट गुप्तांगमा संक्रमण हुन सक्ने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रंगिता लाइकंगबम बताउँछिन् ।

उनका अनुसार कपडा सुकाउने कुरामा हामीले धेरै ध्यान दिनुपर्छ। भित्रि बस्त्र घाममा सुकाउन सकिएन भने कपडामा तातो आइरन प्रयोग गर्नुपर्छ। त्यसले किटाणु मर्छ। महिलाहरू औसतमा सातामा दुईदेखि तीनपटक नुहाउँछन्। गर्मी र वर्खामा सरसफाइ दैनिक गर्नुपर्छ, दैनिक नुहाउनुपर्ने उनले बताईन् ।
मुख्यगरी चिलाउने समस्या हुन्छ। त्यस्तै योनीबाट सेतो पानी बग्छ जुन दहीको छोक्रा जस्तो अथवा पनिरजस्तो हुन्छ। लगातार यस्तो पानी बग्ने अथवा चिलाउने समस्या आउँने जसलाईफंगल इन्फेक्सनको लक्षण हुन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0