अध्यननका लागि अमेरिकाको टेक्सासको ह्युष्टनमा बस्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई  गोली हानी हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको छ। प्रहरीले संदिग्धको बारेमा जानकारी सहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको हो ।

संदिग्धको हालसम्म पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरु लगाइसकेको छैन । प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो ।

सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ ।

अध्यननका लागि अमेरिका पुगेकी नेपाली विद्यार्थी मुना पाण्डेकाे गोली हानेर हत्या

अध्यननका लागि अमेरिका पुगेकी नेपाली विद्यार्थी मुना पाण्डे गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0