नवजात शिशुलाई धेरै सताउने रोगमध्ये आँखा पाक्ने समस्या पनि एक हो । उनीहरुलाई कुनै न कुनै समयमा आँखा पाक्ने समस्याले सताएकै हुन्छ ।

अझ अहिले प्रकोप जसरी बढिरहेको आँखा पाक्ने समस्याले नवजात शिशु प्रभावित बनेका छन् । शिशु तथा बालबालिकामा प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा छिटो संक्रमण हुने सम्भावना उच्च रहन्छ । जसकारण अभिभावकलाई आँखा पाक्ने समस्या छ यस्तोमा शिशुलाई आँखामा हुने संक्रमणबाट जोगाउन अभिभावकले विशेष ध्यान दिनुपर्ने आँखा रोगविशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन

शिशुमा आँखा पाक्दा देखिने लक्ष्ण
आँखा रातो हुने, चिप्रा आउने, आँखाबाट आँसु बग्ने, आँखा सुन्निने, पटकपटक आँखा, चिलाएर हात लगिरहने, आँखा बिजाएर रुने जस्ता लक्षण देखिन्छ ।

कसरी जोगाउँने
आँखामा जतिपटक छोइन्छ, त्यतिपटक सफा गर्नुपर्छ ।

औषधि हालेपछि आफ्नो हात पनि साबुनपानीले धुनुपर्छ ।

अहिले देखिएको संक्रमण मन्द किसिमको भएकाले एक सातामा ठीक हुन्छ ।

नवजात शिशु होस् वा बालकहरुमा चिकित्सकको सल्लाहमा औषधि पटकपटक हाल्नुपर्छ । तर जथाभावी व्यस्कलाई हाल्ने औषधि भने नवजात शिशुको आँखामा हाल्दिनु हुँदैन ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0