यदि तपाईको उमेर ४० नाघेको छ । अब ज्यान बनाउँन जीम जान्छु । अनि ज्यान बनाउँछु भन्ने सोच्नुभएको छ भने अनिवार्य यी स्वास्थ्य जाँच गरेर मात्र जान जीम जान मुटुरोग विशेषज्ञहरु बताउँछन्।
मुटु रोग विशेषज्ञ ओम मुर्ति अनिलले जीम जानुभन्दा अघि तपाईका् शरिरमा कालेस्टोल सुगर रक्तचाप अवस्था के त्यो हेरेर मात्र जीम सुरु गनुपर्ने बताउँछन् ।
धुम्रपान, मद्यपान, मोटोपना, बंशाणुगत रोगहरु सुगर रक्तचाप आदिको अवस्था के छ सबै हेर मात्र जीम जान उनले सुझाउँछन् । उनका अनुसार सबै परीक्षण गरेपछि शरिरमा कुनै पनि समस्या छैन भने जीम कसरी गर्ने योजना बनाउँनुभएको छ ?
जीम भनेको स्वास्थ्यका लागिका लागि बषौं गर्ने एक महिना गरेर सबै ठिक भई हाल्ने पनि होईन् । जीममा पनि हरेक कुरा बिस्तारै गर्न उनले बताए ।
जीम गराउँने प्रशिक्षकले पनि यस्तो कुरामा ध्यान दिनुपर्ने उनले बताए । कस्ता व्यक्तिलाई कुन, कति समयपछि सबै ज्ञान हुन जरुरी छ ।
जीम जाने व्यक्ति कसरी गर्ने कुन अवस्थामा गर्ने त्यो बारेमा जानकारी लिएरमा मात्र गर्नुपर्ने उनले बताए ।
हामी जीम जाने सोच बनाएका छौं भने एक पटक स्वास्थ्य परीक्षण गरेर चिकित्सकको सल्लाह लिएर मात्रल जीम जानुपर्ने उनको भनाई छ ।
‘६० वर्षको व्यक्ति जीममा गएर एकाएक १२ को स्पिटमा दौडिदा उसलाई हृदयघातको समस्या हुने खतरा बढ्छ,’उनले भने, ‘हामी जीम स्वास्थ्य वन्न गछौं, तर जीमकै कारण हामी मुटु रोगी बनौं भने त राम्रो भएन् नी ?’