एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ) को अध्यक्ष पदमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन्।
एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको माहासंघ -कन्फिडिरेसन अफ मेडिकल एसोसिएसन्स इन एशिया एण्ड ओशियानिया-को ३८ औं साधारण सभा र ५९ औं परिषद् बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
डा.कार्की सन २०२५ देखि सन २०२६ सम्म एक वर्षको लागि १२ वटा मेडिकल एसोसिएसन आवद्ध भएको परिसङ्घको अध्यक्षको कार्यभार सम्हाल्ने छन्। सभाले चिकित्सकहरुका साझा सवालबारे १० बुँदे घोषणापत्र समेत जारी गरेको छ। सभाले स्वास्थ्य सेवाका क्षेत्रमा महिलाहरुको योगदानलाई कदर गर्ने, समावेशी र समतामूलक कार्यस्थलको प्रवर्द्धन गर्ने, महिलाहरुको नेतृत्वलाई सहयोग गर्ने, क्षमता अभिवृद्धि र मेन्टरसिप कार्यक्रमको विकास गर्ने, कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्ने लगमयतबम विषय घोषणामा उल्लेख छ।