पछिल्लो बदलिँदो जीवनशैली र खराब खानपानका कारण मोटोपनाको समस्या तिब्र रुपमा बढी रहेको छ । मानिसहरू तौल घटाउन धेरै उपाय पनि अपनाउने गर्दछन् । तौल घटाउनु त्यति सहज कुरा भने होइन । तौल घटाउन सबैभन्दा पहिले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । यो प्रक्रियामा तपाईंलाई विशेष खालको चियाले पनि मद्दत गर्न सक्छ ।
यी चिया लिएमा तपाईको तौल घटाउन मद्दत गर्ने विभिन्न अध्ययनले जनाएको छ ।
ग्रिन टी
ग्रिन टीको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । ग्रिन टी तौल घटाउनको लागि प्रभावकारी मानिन्छ । यसले धेरै स्वास्थ्य लाभ प्रदान गर्छ । ग्रिन टी तौल घटाउन मात्र हैन, छालाका लागि पनि निकै राम्रो मानिन्छ ।
कालो चिया
तौल घटाउनका लागि अर्को हो । कालो चिया पनि फाइदाजनक मानिन्छ । कालो चियामा क्याफिनका मात्रा उच्च हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यसमा फ्लेभोन्स नामको तत्त्व पनि पाइन्छ, जुन तौल घटाउन र कम्मरको बोसो घटाउन प्रभावकारी मानिन्छ ।
पुदिनाको चिया
तौल घटाउन पुदिनाको चिया पनि निकै फाइदाजनक मानिन्छ । एक कप पुदिनाको चियाले प्राकृतिक भोक दबाउने काम गर्छ । पुदिना सहजै उपलब्ध हुने भएकोले यसलाई तपाईंले आफ्नो खानामा सहजै समावेश गर्न सक्नुहुन्छ ।एजेन्सीको सहयोगमा