भरतपुर। क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गरेका छन । काठमाडौँ कीर्तिपुरस्थित त्याङ्गला फाँट निवासी प्रा।डा। तीर्थराज पराजुली र उनकी श्रीमती शारदा पराजुलीले छोरा डा। अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गरेका हुन ।

अस्पतालमा सोमबार आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ।

पराजुली दम्पतीले सो रकम आफ्नो घर जग्गा बेचेर क्यान्सर पीडितहरूका लागि सहयोग गरेको बताउए । प्रा।डा। पराजुलीले आफूले छोरा गुमाउनु पर्दा भोगेको पिडा अन्य परिवारले सहन नपरोस् भन्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बताए ।

“हाम्रो परिवारमा एक्लो छोरा गुमाउँदा जुन पिडा परेको छ, क्यान्सरकै कारण अन्य परिवारले यो पिडा भोग्न नपरोस् भनेर नै हामीले उपचार कोष स्थापना गरेका हौँ”, उनले भन्ने ।

कोषको नाम ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ राखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलले कोषमा जम्मा भएको रकमलाई अक्षय कोष बनाएर त्यसबाट आउने ब्याज गरिब विपन्न समुदायका क्यान्सर बिरामीलाई उपचार दिने व्यवस्था मिलाउने बताए । “यस कोषको ब्याजमार्फत आएको रकम सञ्चालन निर्देशिका बनाएर बिरामीको उपचारमा खर्च गरिने छ”, उनले भन्ने ।

कोष स्थापनाका लागि सम्झौता हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा। विजयराज न्यौपानेले कोष स्थापना गराउने परिवारलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0