संसारका एक अर्बभन्दा बढी मानिसहरू अर्थात् वयस्कहरूमध्ये चार जनामा एक जनालाई उच्च रक्तचापको समस्या छ। पछिल्लो समय असमयमा हुने मृत्युको एउटा प्रमुख कारक उच्च रक्तचाप पनि हो। यसले मानिसको मुटु र धमनीहरूमा दबाव सिर्जना गर्दछ। त्यस्तो दबावले लामो अवधिमा मुटुरोग, हृदयाघात र मस्तिष्कघात गराउन सक्छ।
उच्च रक्तचापसम्बन्धी अध्यययन अनुसन्धान गर्ने संस्था ‘इन्टरन्याश्नल सोसाइटी अफ हाइपरटेन्सन’ ले ध्यान गर्ने बानीका अतिरिक्त सङ्गीत सुन्ने, योगाभ्यास गर्ने र आफू वरपरको वातावरणप्रति सचेत तर तटस्थ भएर साक्षीभावको अभ्यास गर्ने जस्ता उपायहरू पनि सुझाएको छ।
-ध्यान गर्ने, गहिरो स्वास लिने, योगाभ्यास गर्ने र सजग तर तटस्थ रही आफू वरपरको गतिविधिलाई साक्षीभावले हेर्ने अभ्यास गर्ने ।
-जीवनमा आफूले हासिल गरेका उपलब्धिहरूका लागि अनुगृहीत अनुभव गरेर सकारात्मकतामा ध्यान दिने ।
-स्वस्थ रहेको अनुभव हुने गरी अरूहरूप्रति दया र करुणाभाव राख्ने ।
-सातामा तीन दिन दैनिक कम्तीमा २५ मिनेटसम्म मन शान्त बनाउने सङ्गीत सुन्दै आराम गर्ने ।