शरीरका विभिन्न अंगलाई स्वस्थ बनाउन हामी खानपानदेखि व्यायामका कुरा गरिरहेका हुन्छौं । तर नियमित कार्य गरिरहने आँखाको बारेमा भने हामी खासै ध्यान दिएको देखिदैंन् ।
आँखा रोग विशेषज्ञहरुका अनुसार आँखाको व्यायाम गर्नुअघि आँखालाई बन्द गरेर साफा पानीले धुनुपर्छ । त्यसपछि भाँडोमा उम्लिएर सेलाएको पानी कचौरा वा हातमा राखेर आँखालाई झिमझिम गर्नुपर्छ ।
यसो गर्दा आँखामा लागेका कचेरा तथा फोहोर बाहिर निकाल्न मद्दत गर्छ । व्यायामले आँखामा भएको फोहोर निकाल्ने, ज्योति बढाउने, दृष्टि शक्ति बढाउने गर्छ । यस्तै चश्मा लगाउपर्ने समस्याबाट पनि छुटकारा दिन मद्दत गर्छ ।
आँखा सफा गरेपछि यी ७ व्यायाम यसरी गर्न सकिन्छ
-आँखा चिम्लिने खोल्ने
-आँखा क्रस गर्ने
-आँखालाई तलमाथि गर्ने
-लाइनलाई हेर्ने अभ्यास
-आँखालाई चारैतिर घुमाउँने
-हत्केलालाई एकापसमा रगडेर तताउने अनि त्यसलाई आँखा चिम्म गरेर सेक्ने
(आँखामा संक्रमण, रातो हुने, आँखा पाक्ने रोग छ भने यी व्यायाम गर्नुहुँदैन ।)