ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ । ओखढुङ्गा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजनाको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा २७ जन पुरुष र २२ जना महिला गरि ४९ जनाले उपचार सेवा लिएका हुन् ।
खिजीफलाटे हेल्थपोष्टमा सञ्चालन भएको शिविरमा ४० जना नियमित औषधी सेवन गरिरहेका र नौ जना नयाँ बिरामीले उपचार तथा परामर्श सेवा लिएको समुदायमा आधारित पुनःस्थापना कार्यक्रम ९सीबीआर०को खिजिदेम्बाका टिम लिडर प्रेम जीसीले बताए । शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासीनता ९डिप्रेसन०, तनाव, इन्जाइटी तथा छारेरोग भएका गरि ४९ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको जीसीले जानकारी दिए ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई गाउँगाउँमा उपचार सेवा तथा परामर्श दिने उद्देश्यले शिविर सञ्चालन गरिएको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ । खिजीदेम्बा गाउँपालिकाले पालिकामा रहेका मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निःशुल्क औषधी वितरण गरिरहेको छ ।