माईग्रेन भनेको एक प्रकार टाउको दुख्ने रोग हो । जुन समय दोहोरिरहन्छ । यो दुखाई प्राय टाउकोको एक भाग हुने गर्दछ । यो रोगमा टाउकोमा च्यास्स घोचे जस्तो गरेर दुख्ने गर्छ । माईगे्रन जसलाई पनि हुन सक्छ । तयर पुरुषको दाजोमा महिलामा यो रोग बढी देखिन्छ । माईग्रेन बालबालिकादेखि युवावस्थादेखि नै सुरु हुन सक्छ ।
माईग्रेनका लक्ष्ण
माईग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्ष्णहरु बिरामी पिच्छे फरक हुने गर्दछन
।
१.टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई बिरामीमा यो दुखाई टाउकोको दुबै भागमा समेत हुन्छ
२.टाउको कहिले एकापट्टी त कहिले दुबै साईडमा दुख्ने हुन्छ ।
३.यसमा टाउको टन्टनी दुख्ने ,कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधार र घाटी पनि दुख्ने समस्या हुन्छ ।
४.वाकवाकी लाग्ने, बान्ता हुन उज्यालो प्रकाश ,हल्ला आवाज आदिले समेत सहन नस्कने हातखुट्टा चिसो हुने आदि हुन सक्छ ।
५.टाउको दुखाई बल्झिनु भन्दा अघि कसैकसैमा चिडचिडापन आउँने, थकाई लाग्ने जस्तो हुने मिजाजमा एक्कासी परिर्वतन आउँने समेत हुन्छ ।
बच्न
माईग्रेन कुनै निश्चित उपचार नभएता पनि हामी स्वयमले तलका निम्नलिखित उपायहरु अपनाएमा धेरै हदसम्म आफुलाई बचाउँन सकिन्छ
१.राति एउटै समयमा सुत्ने बानी बसाउँने
२.पुरानो शिशिको अचार नखाने, साथसाथै पिरो कम खाने
३.राम्रो कुरा सोचेर चिन्तालाई मनबाट हटाउँन खोज्ने
४.घाममा धेरै नबस्ने, नहिड्ने,यदि घाममा हिड्नु परेमा छाता प्रयोग गर्ने
५.दुखाई कम गर्ने औषधीको( पेनकिलर)को प्रयोग कम गर्ने यस्ता औषधी सेवन बढी गर्नाले टाउकोको दुखाई एक्छिन कम हुन्छ तर फेरि बल्झिन्छ ।
(स्नायु रोग विशेषज्ञ डा. पंकज जालानसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1