काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ल्याइएको छ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ त्रिवि शिक्षण अस्पताल ( टिचिङ)महाराजगन्ज मा पठाईएको तनहुँका प्रहरी प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार एक जना घाइतेलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको छ।  भारतको गोरखपुरबाट नेपाल आएका उनीहरू पोखरा हुँदै काठमाडौँ आउने क्रममा तनहुँको आँबुखैरेनीमा दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0