अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले नेपाली समय अनुसार बिहीबार राति नरेश भट्टलाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ ।

ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

घरमा रातभर खानतलासीपछि विहान नरेश भट्टलाई ममता भट्ट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए । ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन्। उनी सम्पर्कविहिन भएको ४ दिनसम्म पनि नरेशले खोजीका लागि चासो नदेखाएपछि नी माथि अझ प्रहरीले शंका बढाएको छ । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0