काठमाडौं । संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समितिको बैठक बस्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समितिको बैठक आज पहिलो बस्न लागेको हो ।

बैठकमा प्रदेशका स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्री सहित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको सहभागिता रहने बताइएको छ। बैठक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहान ११ बजेपछि बस्ने छ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१०) (ग) बमोजिमको विषयगत समितिमा केही दिनअघि मन्त्री पौडेलले महर्जनलाई सदस्यमा मनोनयन गरेका थिए। उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत रहेका देशैभरका स्वास्थ्य क्षेत्रका विषयमा आवश्यक समन्वयका लागि मनोनयन गरेका हुन्। ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत बस्न सकेको थिएन। महर्जनको मनोनयसँगै समितिको बैठक आज बिहीबार बस्ने गरि तोकिएको थियो।

बैठकमा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि तीन तहको सरकारबीच कसरी सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने, डेंगु लगायतका महामारीमा कसरी काम गर्ने, जनशक्ति, औषधि, स्वास्थ्य क्षेत्रमा रहेको १६औं योजना र दिगो विकास लक्ष्यका विषयहरुमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0