चितवन। भरतपुर अस्पतालमा उपचारका लागि गएकी एक महिलाको ज्यान गएको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ। भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए ।
पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि मैगलबार अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको थियो।
आफन्तले चिकित्सको लापरबाहीको आरोप लगाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा अस्पतालका पदाधिकारी, आफन्त, चिकित्सक लगायतको टोलीको बैठक बसेको थियो । उक्त बैठकले अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो। छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने छ।
समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन्।
यता, मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन।
यो पनि
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक महिलाको मृत्यु