झापा । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापाको दमकमा एक बालकको मृत्यु भएको छ ।
दमक ३ का ७ वर्षीय शिशिर नेम्वाङको मृत्यु भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको जानकारी दिए ।
‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखा पर्ने बताए । उनले यो रोग मानिसबाट मानिसमा नसर्ने बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1