चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार गैंडाकोट नगरपालिका वडा नं। ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको (मासुको टुक्रा) बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको छ । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतकका एक आफन्तले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताए।
यता,मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन सकिएन ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1