खोटाङबाट काठमाडौँ आउँदै गरेको जीप ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ना१ज ६४२१ नम्बरको जीप ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा करिब १०० मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बिहीबार बिहान साढे ६ बजे जीप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।
तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ ल्याउँदै गरेका थिए। जीपमा चालकसहित ४ जना सवार थिए।जीप चालक २२ वर्षीय अनिल पण्डित भने फरार भएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1