अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् ।
दुर्घटना भएको अमेरिकन एयरलाइन्सको विमान पोटोमेक नदीमा आधा टुक्रा भएको छ भन्ने हेलिकप्टर विमानको नजिकै पानीमा उल्टो भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डुङ्गा र गोताखोरहरूले मानिसको खोजी गरिरहेका छन् ।
दुर्घटनामा परेको विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भन्ने ब्ल्याक हक आर्मी हेलिकप्टरमा तीन अमेरिकी सैनिकहरू सवार थिए ।दुर्घटनाबाट भएको अन्य विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1