कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले निजी क्षेत्रबाट सञ्चालित अस्पतालले भुइँतहका मानिसलाई सरल, सहज र न्यून शुल्कमा सेवा प्रवाह गर्नुपर्ने बताएका छन।
विराट मेडिकल कलेज टिचिङ अस्पताल बूढीगङ्गा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रममा उनले जनताको आधारभूत अधिकार सुनिश्चित गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले वरिष्ठ न्यूरो सर्जन डा यमबहादुर रोकालाई सम्मान गरे । उनले डा रोकालगायतको टिमले दुर्घटनामा परेका धेरै गरीब नागरिकको जीवन बचाउन सफल हुनुभएको उल्लेख गरे ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0