बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ संस्थाले रु ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
ग्रामीण महिला विकास केन्द्र (आरडब्लुडिसी्) ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा विजय न्यौपाने र कार्यकारी निर्देशक डा शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरेका हुन ।
अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए । अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताए ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0