काठमाडौ. । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।  शनिबार काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

यसैगरी, बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् ।

एक उपाध्यक्ष पदमा सञ्जीता खनाल र शरद शर्माको बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।

महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन्।

सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनबाट लुम्बिनी प्रदेश संयोजकमा बासुदेव न्यौपाने, बागमती प्रदेशदउ वीरबहादुर तामाङ, गण्डकी प्रदेश संयोजकमा मोहसिन अलि मिया निर्वाचित भएका छन्।

तुलसा घिमिरेलाई प्रवास संयोजकमा निर्वाचित भएकी छन्। यसअघि अध्यक्षमा सरोज ढुंगेल रहेका थिए।

 

.

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0