नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ। परिषदले निकालेको नतिजा अनुसार प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ र बिएस्सी नर्सको ३८ औँ लाइसेन्स परीक्षामा ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन्।

यस्तै बिएस्सी नर्स तर्फ कुल २५१ जनाले परीक्षाका लागि फारम भरे पनि शनिबार परीक्षाका बेला ७ जना अनुपस्थित थिए। परीक्षाका लागि पीसीएल तर्फ कुल १ हजार ९७४ जनाले फारम भरे पनि १९ जना अनुपस्थिति थिए। परीक्षामा सहभागी १ हजार ९५५ जनामध्ये १ हजार १८१ जना (५९.८३ प्रतिशत) उत्तीर्ण भएका छन्।

बिएस्सी तर्फ कुल २४४ जनाले परीक्षा दिएकोमा १३१ जना (५२.१९ प्रतिशत) उत्तीर्ण भएका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0