भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ एउटा ठूलो दुर्घटना भएको छ।लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि भएको भागदौडमा १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्री घाइते भएका छन्।
महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेमा चार जना नेपाली रहेका समाचार बाहिरिएका छन्।बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो।यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको हो।
मृत्यु हुने नेपालीहरूमा ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, ४३ वर्षीया कमला नवीन भण्डारी र इम्तियाज अलि रहेका भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1