त्रिवि शिक्षण अस्पताल रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ ।

माघ १५ गतेसम्म आवेदन दिन भन्दै छनोट समितिले सार्वजनिक सूचना निकालेको हो । इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरू पेस गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरूसम्म पेस गर्नुपर्ने विषय रहेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0