कुमारी बैंक लिमिटेड र काठमाडौंको नक्सालमा रहेको वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता भएको छ ।​बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको बैंकले जनाएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँको छुट प्रदान गरिने छ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0