काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई फिर्ता लिने प्रक्रिया सुरु गर्न कार्यकारी आदेशमा पुन: हस्ताक्षर गरेका छन् । सोमबार दोस्रो कार्यकालको शपथ लिएपछि उनले गरेका आप्रवासन देखि विदेश नीतिसम्म विभिन्न दर्जनौँ विषयका हस्ताक्षर गर्ने क्रममा डब्लुएचओबाट बाहिरिने विषय पनि एउटा थियो ।

‘ओ हो यो त ठूलो कुरा हो,’ ट्रम्पले आदेशमा हस्ताक्षर गर्नु अघि भनेका थिए । यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ।

ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो। उनले कोभिड-१९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए।

तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए। संयुक्त राज्य अमेरिका अहिलेसम्म डब्लुएचओलाई सबैभन्दा ठूलो वित्तिय सहयोग गर्ने देश हो । डब्लुएचओको समग्र कोषको करीव १८ प्रतिशत वित्तिय सहयोग अमेरिकाबाट हुने गर्दछ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0