बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएका शल्यक्रिया कक्षको उद्घाटन गर्दै विस्तारित शल्यक्रिया कक्षले उपचार सेवा छिटोछरितो हुने र पालो पर्खिनु पर्ने अवस्थाको अन्त्य भएको बताए । वार्षिक ९ हजार महिलाले अस्पतालबाट शल्यक्रिया सेवा लिएका अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा मात्र ९ हजार ७ सय ६५ जनाले शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको उनले बताए ।
प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हटेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0