काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् । पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाईते भएका थिए ।
घाइते भएका पौडेलको स्वास्थ्यमा सुधार आएपछि कीर्तिपुर अस्पतालबाट डीस्चार्ज भएका छन् । भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अस्पतालमै उपचाररत छन्।

अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेका कारण डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

मेयर आचार्यको पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ। उनको पनि जलनबाट फोक्सोमा कुनै खराबी नदेखिएको प्रस्ट पारिएको छ।

मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।

संक्रमणको जोखिम कम गर्न हाललाई मेयर आचार्यसँगको भेटघाट भने बन्द गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0